ललितपुरको गोदावारी नगरपालिकाको मेयरमा कांग्रेसका चक्र महर्जन बलियो उम्मेदवार
चैत १३, २०७८, आइतबार | विहान ०८:१३ बजे | 70
ललितपुर । आगामी स्थानीय निर्वाचनमा ललितपुरको गोदावारी नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा चक्र महर्जन बलियो उम्मेदवारको रूपमा देखा परेका छन् । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै समाजसेवीको समेत पहिचान बनाउन सफल महर्जनको पक्षमा राम्रो माहोल देखिएको स्थानीय बताउँछन् । गोदावरी १२ ठेचोका महर्जन नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरका सदस्य हुन् । हाल ललितपुर कांग्रेसको अनुशासन समितिका सदस्य पनि रहेका महर्जन २०४७ सालदेखि कांग्रेसको राजनीतिमा आबद्ध छन् । उनी २०५४ सालको स्थानीय निर्वाचनमा साविकको ठेचो गाविसमा उपाध्यक्षको उम्मेदवार रहेका थिए । जीपी कोइराला फाउण्डेशन ललितपुरका अध्यक्ष रहेका महर्जन ठेचोस्थित लिटिल स्टार स्कुलका संस्थापक प्रिन्सिपल र बालकुमारी गुठीका नाइके समेत हुन् ।