बन बाताबरण संरक्षण गरौ
चैत १३, २०७८, आइतबार | विहान ०४:४५ बजे | 35
सिन्धुपाल्चोक । बन डडेलो नियन्त्र गरौ भन्ने मुल नारासहित डिभिजन बन कार्यलय सिन्धुपाल्चोकको सहयोगमा सब डिभिजन बन कार्यलय चौताराको आयोजनामा बन डडेलो नियन्त्रण सप्ताह जनचेतनामुलक कर्यक्रम सम्पन्न भयो । सब डिभिजन बन कार्यलयको प्रमुख श्रदा सिङ्देलको सभापतित्वमा डिभिजन कार्यलय सिन्धुपाल्चोकको अधिकृत शंकरराज गिरीको प्रमुख आथित्यतामा डिभिजन कार्यलय अधिकृत भक्तबाहादुर श्रेष्ठको आथितेतामा कार्यक्रम भएको हो । जिल्ला प्रहरी कार्यलय ससत्र प्रहरी नेपाली सेना सामुदायिक बन उपभोक्ता महासङ नेपाल सिन्धुपल्चोक शारदाप्रसाद चालिसे रिषी नेपाल बन समूहको पदाधिकारीहरु स्थानिया समुदायहरु नागरिक समाज डडेलो नियन्त्रण बन दस्ताहरुको उपस्थितमा कार्यक्रम भएको हो । हरियो बन नेपालको धन् बन जोगाउ डडेलो नियन्त्रण गरौ भन्ने प्लेकार्ड ब्यनरसहितको जनचेतनामुलक याली सब डिभिजन बन कार्यलयको प्राङणबाट सुरु भै चौतारा बाजार परिक्रमा गरी टुडिखेलमा पुगेर समापन भएको थियो ।
सो कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी शंकरराज गिरीले हरियो बन नेपालको धन यसलाइ जोगाइराख्नु हामी सबैको कर्तब्य हो । बन वातावरणको संरक्षण गरौ । बनमा डडेलो लाग्नबाट बचाऔ भन्दै सबै समुदायहरुमा अनुरोध गर्दै डिभिजन बन कार्यलयले बनदस्ता टोली परिचालन गरेको कुरा जानकारी दिनुभएको थियो भने सो कार्यक्रमको सभापती श्रदा सिन्देलले यो मौसम गर्मी र हावाहुरी लाग्ने समय भएकोले बनमा आगो लाग्नबाट बचाउनु हामी सबै सचेत नागरिक समूहहरु बन समूह समूहहरु चनाखो भएर बन डडेलो नियन्त्रण गरौ । हाम्रो प्राकृतिक सम्पदालाई जोगाइ राखौ भन्दै यो अभियनलाई सफल पार्न सबै समुदायमा अनुरोध गर्दै कार्यक्रमलाई बिसर्जन गर्नुभएको थियो ।