क्यानभासमा भक्तपुर नामक एकदिने कला कार्यशाला हुने


चैत १२, २०७८, शनिबार | दिउँसो ०२:४९ बजे | 40


क्यानभासमा भक्तपुर नामक एकदिने कला कार्यशाला हुने

आरम्भ नेपालको आयोजनामा “क्यानभासमा भक्तपुर“ नामक एकदिने कला कार्यशाला यहीँ चैत १७ गते हुने भएको छ । उक्त कार्यशाला यहीँ चैत २१, २२ र २३ गते हुने तीन दिने पुस्तक प्रदर्शनीको प्रचारार्थ हुने आयोजक आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमालाले बताएको छ ।
स्याट¥डे प्ले आर्टको विशेष सहयोगमा हुने उक्त कार्यशालामा ३० जना चित्रकलाका कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
भक्तपुरको दत्तात्रय, टौमढी तथा दरबार स्क्वायर क्षेत्र छनोट गरेको उक्त कार्य शालामा आवश्यक क्यानभास तथा रंग आयोजक आरम्भ नेपालले उपलब्ध गराउनेछ ।

Comments