जति चोट दिन्छौ देउ मायालुका हिरो सुवासचन्द्र


चैत १२, २०७८, शनिबार | विहान ११:५६ बजे | 35


जति चोट दिन्छौ देउ मायालुका हिरो सुवासचन्द्र

काठमाडौं । चोट के हो ब्यथा के हो , जति चोट दिन्छौ देउ मायालुू जस्ता सदाबहार बिछोडका गीतका श्रष्टा चर्चित वरिष्ठ गितकार श्री सुवासचन्द्र ढुङेलज्युको नयाँ गित एक्का ट्रायलको म्युजिक भिडियो २०७८ साल चैत्र ११ गते, शुक्रबारबाट वहाँको  आफ्नै फेसबुक पेजबाट एक कार्यक्रम बिच सार्वजनिक छ। यस रोमान्टिक गीतमा संगीत रहेको छ अहिलेको समयको चर्चित गायक तथा संगीतकार राजन राज शिवाकोटी, गीतमा स्वर राजन राज सिवाकोटी स्वयम संगै रचना रिमालको पनि आवाज रहेको छ।

शुभेच्छा तथा माधव दुवाडि निर्माण गर्नु भएको यस म्युजिक भिडियोको निर्देशन पुराना नायक रबिन्द्र खडकाले गर्नु भएको छ। नेपाली सिनेमा क्षेत्रका चर्चित नृत्य निर्देशक कमल राईले नृत्य निर्देशन गर्नु भएको यस भिडियोमा पबित्रा आचार्य तथा धर्मेन्द्र आचार्य लगायतको अभिनय तथा सुन्दर नृत्य देख्न सकिन्छ। गीत श्रवणयुक्त बनाउन संगीत संयोजक उदयराज पौडेलले निकै मिहिनेत गरेको देखिन्छ।

Comments