सुडालको स्थानीय एमाले नेताको निधन


चैत १२, २०७८, शनिबार | विहान ०६:३५ बजे | 65


सुडालको स्थानीय एमाले नेताको निधन

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर सुडालका स्थानीय नेता वर्ष ३६ को रमेश तिमिल्सिनाको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको राधेराधेमा भएको दुर्घटनामा परी उनको मृत्यु भएको हो ।
भक्तपुर नगरपालिका वडा नं. १ सिर्जनानगरस्थित बस पकेटमा राधेराधेबाट सल्लाघारीतर्फ आउदै गरेको बा. ४ ख. २००१ नं हेलम्बु यातायतको बसले सोही दिशातर्फ आउदै गरेको प्रदेश नं ३–०२–००६ प ६११४ नं को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक जिल्लाकै चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल बस्ने वर्ष ३६ को तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भई उपचारको लागी नजिकैको डा.ईवामुरा अस्पताल सल्लाघारी ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका सूचना अधिकृत राजु पाण्डेले दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउपालिका वडा नं. ७ घर भई हाल काठमाडौ जिल्ला माकलबारी बस्ने बर्ष २८ को सागरविक्रम थापासमेत पक्राउ परेको जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत जगातीको नियन्त्रंणमा रहेको उनले जनाए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
 


Comments