नेपाललाई नाटोे सदस्य बनाउन दिइनु हुन्न, अमेरिकी सेना नेपाल आइ वस्छ : विजुक्छें
चैत ११, २०७८, शुक्रबार | विहान १०:१७ बजे | 65
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले नेपाललाई नाटोको सदस्य बनाउन खोजिएको भन्दै विरोध जनाएका छन् । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २२ औ, ख्वप कलेजको २० र शारदा क्याम्पसको ३१ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह २०७८ को शुक्रबार भक्तपुरमा उदघाटन गर्दै अध्यक्ष विजुक्छेंले अहिले एमसीसी पास गराएसँंगै नेपाललाई नाटोको सदस्य बनाउन खोजिएको आरोप लगाए । नेपाललाई नाटोको सदस्य बनाइए अमेरिकी सेना नेपाल आएर वस्छ, उनले भने, अहिले यही कारण युरोपियन देशहरुमा अमेरिकी सेना वसिरहेको छ ।
आफनो पार्टीले एमसीसीविरद्ध निरन्तर संघर्ष गर्दै जाने उनले बताए । उनले एमसीसीले अन्तत नेपाललाई खतम पार्नेमा कुनै शंका नभएकोसमेत बताए । उनले एमसीसीविरुद्ध विद्यार्थीलाई सचेत गराउन पनि सवैसँंग आग्रह गरे ।