सूर्यविनायक नगरपालिकाको मेयरमा उम्मेदबारी घोषणा (घोषणापत्रसहित)
चैत ११, २०७८, शुक्रबार | विहान ०७:०४ बजे | 55
भक्तपुर । आउने बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा उम्मेदबारी घोषणा गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नं १० चितपोलका ३३ वर्षीय युवा अधिवक्ता विक्रम थापाले स्वतन्त्रकोतर्फबाट मेयर पदमा उम्मेदबारी घोषणा गरेका हुन् । शुक्रबार सूर्यविनायकमा पत्रकार सम्मेलन गरी उनले मेयरसहित उपमेयर, नगरपालिकाका १० वटै वडाका सवै वडा अध्यक्ष, सदस्यसहितको सवै पदमा उम्मेदबारी घोषणा गरे । तर पहिलो चरणमा मेयरको मात्रै घोषणा गरिएको छ । उम्मेदबारी घोषणासँंगै उनले १९ बुँंदे घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।
फाेटाेमा हेर्नुहाेस्...