भक्तपुरमा २० जनाले गरे रक्तदान


चैत १०, २०७८, बिहीबार | विहान ०८:१० बजे | 55


भक्तपुरमा २० जनाले गरे रक्तदान

भक्तपुर ः नेकपा एकिकृत समाजवादी भक्तपुर नगर कमिटिको आयोजनामा बिहीबार भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । रक्ततदातामध्ये २ महिला र १८ जना पुरुष रहेका थिए । रक्तदान कार्यक्रमको प्रमुख अतिथि एकिकृत समाजवादी भक्तपुरका अध्यक्ष श्याम बस्नेतले भक्तपुर, नगर अध्यक्ष प्रविन बाटीलाई व्लड व्याग अर्थात रक्तथैली हस्तान्तरण गरेर सुभारम्भ गर्नुभएको थियो ।
सुभारम्भ कार्यक्रममा बोल्दै एकिकृत समाजवादीका अध्यक्ष बस्नेतले समाज सेवामा एकिकृत समाजवादि सधै लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पछिल्लो समय देशमा रगतको अभाव भएका बेला पार्टिले थोरै भएपनि रगतको अभाव पुर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । कार्यक्रममा भक्तपुर नगर अध्यक्ष बाटिले समाज सेवा गर्न पाउदा खुशि लागेको बताउनुभयो ।
उहाले देशभर रगतको अभाव भैरहेका बेला थोरै भएपनि आफुहरुले संकलन गरेको रगतले केहि व्याक्तिको जिवन जोगिने बताउनुभयो । आगामि दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिईने उहाको भनाई छ । कार्यक्रममा समाजवादि प्रेस संगठन नेपालका जिल्ला उपाध्यक्ष विजय चालिसे, कार्यसमिति सदस्य रामहरी चौलागाँई लगायतको उपस्थिति रहेको थियो ।


Comments