भक्तपुरमा नेशनल कन्फरेन्स अन ट्ेड इन आक्र्टिचेक्चर हुने


चैत ९, २०७८, बुधबार | दिउँसो १२:१८ बजे | 0


भक्तपुरमा नेशनल कन्फरेन्स अन ट्ेड इन आक्र्टिचेक्चर हुने

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा आगामी वैशाख ९ गते नेशनल कन्फरेन्स अन ट्ेड इन आक्र्टिचेक्चरको आयोजना गर्दैछ ।
सोही अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले आज उक्त सम्मेलनको आधिकारिक वेभसाइटको बुधबार एक कार्यक्रमवीच शुभारम्भ गर्नुभएको छ ।
वेभसाइट शुभारम्भ गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले अध्ययन–अनुसन्धानलाई जोड दिँदै कलेजले वर्षैंपिच्छे विभिन्न विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आइरहेको बताउनुभयो ।
उहाँले प्राविधिक शिक्षालाई जोड दिन सक्ने देशको बेरोजगारी समस्या समाधान हुने बताउनुहुँदै विद्यार्थीहरुलाई प्रमाणपत्र दिने ढंगले मात्र प्राविधिक शिक्षा सञ्चालन गर्न नहुने बताउनुभयो ।
विद्यार्थीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक दुवै किसिमको शिक्षा दिन सके देशको विकास निर्माणको लागि दक्ष जनशक्ति उत्पादन हुने र सम्पदा पुनःनिर्माण र संरक्षणको लागि समेत टेवा पुग्ने बताउनुहुँदै उहाँले भक्तपुरबासी जनताको आर्थिक र भौतिक सहयोग र विदेशी सहयोगविना नै भक्तपुर नपाले यहाँका सांस्कृतिक एवम् पुरातात्विक सम्पदा संरक्षण गर्न सक्षम भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका ई सुनिल दुवाल र सम्मेलनका संयोजक लिबास फैंजुले कलेजले आयोजना गर्ने सम्पदा संरक्षणसम्बन्धी यस सम्मेलन नेपालको लागि पृथक र महत्वपूर्ण हुने बताउनुहुँदै सम्मेलनको उद्देश्यमाथि समेत चर्चा गर्नुभयो ।

Comments