मन्थलीमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


चैत ९, २०७८, बुधबार | विहान ०५:५४ बजे | 10


मन्थलीमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

नेकपा एमाले मन्थली नगरपालिका वडा नम्बर २ ले स्थानीय बालकन्या आधारभूत विद्यालय धारापानीमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडा कमिटीले बालबालिकालाई ६ वटा कापी (आधा दर्जन), पेन्सिल, इलेजर, कटर (सार्पनर) वितरण गरेको हो
वडा कमिटी अध्यक्ष सुरेन्द्र बहादुर कार्की, मजदुर विशेष जिल्ला कमिटी सदस्य तथा एमाले मन्थली नगर–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष बालाकाजी श्रेष्ठ समेतको उपस्थितीमा आज बालबालिकालाई पठनपाठनमा प्रोत्साहन गर्न शैक्षिक सामग्री वितरण गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा मन्थली नगर कमिटी सदस्य सोनु कुमार रोकाले जानकारी दिए ।
उनका अनुसार केही दिनपछि विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षकहरुका लागि हाँजिरी पुस्तिका, रजिस्ट्रार र कलम सहयोग गर्ने निर्णय वडा कमिटीले गरेको छ । वडा कमिटीले आगामी दिनमा विद्यालयमा स्वास्थ्य सामाग्री समेत वितरण गर्ने योजना बनाएको छ ।
कार्यक्रममा एमाले मन्थली नगर कमिटी सदस्य नारायण कार्की, वडा कमिटी उपाध्यक्ष मुना सार्की लगायतको उपस्थिती थियो ।


Comments