मन्त्री यादवद्वारा बानो खोलाको पुल शिलान्यास


चैत ९, २०७८, बुधबार | विहान ०५:४० बजे | 60


मन्त्री यादवद्वारा बानो खोलाको पुल शिलान्यास

महेश सिंह
सिरहा लहान ९ चैत – लहान नगरपालिका १५ बानो खोलामा पुल निर्माणको लागी मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव द्वारा शिलयानास भएको छ। नेपाली काङ्ग्रेसको चर्ची नेताहरुको उपस्थितिमा पुलको सुलयानास भएको छ। लहान १५ का वाडा अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा राम सरोज यादव रहनु भएको थियो।
अतिथिहरुमा नेपाली काङ्ग्रेसका जिल्ला उप–सभापति सुनिल महतो सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति महेश  प्रसाद चौधरी,लहान नगरसभापति रासलाल राय, महासमिति सदस्य पुनम चौधरी,नेता अरुण केसी,लगायत नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।
उक्त खोलामा बर्सौ बर्ष देखि पुल न हुँदा स्थानीयलाई बर्षा आममा ओहर दोहर गर्न कठिन्याई हुने गरेको छ। पुल सिल्यानास हुँदा स्थानीयहरु खुसी व्यक्त गरेका हुन।सिल्यानास पछि लहान १० स्थित रहेको खुट्टीखोला निरिक्षण समेत गरेका छन् ।

Comments