जनही एक लाखका दरले तीनजना खेलाडीलाई सम्मान
चैत ७, २०७८, सोमबार | दिउँसो १२:३९ बजे | 5
काठमाडौं । १३ औ साग अन्तर्गत बक्सिंग खेल प्रतियोगितामा ३ जना स्वर्ण पदक बिजेता खेलाडीलाइ नगदसहित सम्मान गरिएको छ । सातदोवाटोस्थित बक्सिंग हालमा आज आयोजित प्रथम बिद्यालयस्तरीय महिला तथा पुरुष बक्सिंग प्रतियोगीताको समापन कार्येक्रममा ८ औ साग अन्तर्गत बक्सिंग खेलमा स्वर्ण पदक बिजेता प्रकाश थापा मगर तथा रामचन्द्र थापामगरका परिवारले शनिल शाही, भुपेन्द्र थापा र मिनु गुरुङलाइ जनही १ लाखका दरले खेलाडीलाई सम्मान गरेको हो । शिव कोइरालाको प्रमुख अतित्य्मा भएको सो साम्मन कार्येक्रममा पूर्व बक्सिंग तथा ओलम्पियन उमेश मास्केलाइ सम्मान गरेका थिए ।