भक्तपुरको तुछिमलामा बन्यो अच्चमको घर


चैत ५, २०७८, शनिबार | दिउँसो ०३:४६ बजे | 45


भक्तपुरको तुछिमलामा बन्यो अच्चमको घर

भक्तपुर । भक्तपुरको तुछिमलामा माटोले बनेको तेलिकोटा झ्यालको घर पुननिर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिका ६ तुछिमलास्थित ऐतिहासिक तेलिकोटा झ्याल भएको आगंछेँ (स्थानीय टोलछिमेकको सामूहिक घर) को पुननिर्माण सकिएको हो ।
भक्तपुर नगरपालिकाको बजेटबाट घरको पुननिर्माण सकिएको हो । असार ३० गतेबाट शिलान्यास गरी काम सुरु भएको थियो । एक वर्षभित्र सकाउने योजना रहे पनि नौ महिनामै काम सकिएको हो । घरको २०७७ साल असार १५ गतेबाट भत्काउने काम सुरु गरी असार ३० गते शिलान्यास गरी काम सुरु गरेको थियो ।  
श्री विश्वकर्मा आँगछेँ (तेलिकोटा झ्याल) पुनःनिर्माण उपभोक्ता समितिमार्फत् काम भएको हो । विश्वकर्मा आगछेँ (द्यो छेँ) पुन निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिशरण अवालले ८६ लाख ९७ हजार ५ सय ४९ रुपैयामा घर तयार भएको जानकारी गराए ।
भक्तपुर नगरपालिकाबाट आगंछेको लागि इष्टिमेट लागत ९९ लाख ६८ हजार पाँंच सय २६ रुपैया छुट्याएको थियो । लागत इष्टमेट भन्दा झण्डै १३ लाख कममा आगछेँंको पुननिर्माण सकिएको हो । उपभोक्ता समितिमार्फत काम भएकोले लागत इष्टमेट भन्दा कम हुने गरेको जनाइएको छ ।
भविष्यमा यसलाई म्युजियमको रुपमा स्थापना गर्ने योजना रहेको जनाइएको छ । आगछेँं चार तल्लाको रहेको छ । २०७२ सालको महाभूकम्पमा परी क्षतिग्रस्त भएको तीन सय १८ वर्ष पुरानो आगँछेँ पुनःनिर्माण कार्य सकिएको हो ।
विश्वकर्मा आगंछेँको यो दोश्रोपल्ट पुनः निर्माण भएको जनाइएको छ । यो भन्दा पहिला २०९० सालको भुकम्पपछि पहिलो पटक जिर्णोद्धार गरिएको जनाइएको छ ।
शिलापत्रको आधारमा यो ८ सय २७ सलामा निर्माण भएको इतिहास रहेको जनाइएको छ । यस हिसावले यो ३ सय १५ वर्ष पुरानो आगंछे भनिएको छ । पाँचतल्ले मन्दिर बनाएको अवाल समुहले सन् ८ सय २२ मा राजाले खुसी भएर दिएको अनुदानले यो घर बनाएको भन्ने मान्यता छ ।
नेपाल मजदुर किसान पार्टीका सासंद प्रेम सुवालले शनिबार विश्वकर्मा आगंछेँको उद्घाटन गरेका थिए । त्यस अवसरमा उनले सम्पदालाई जोगाउनु नागरिकको कर्तव्य रहेको उनले सुनाए ।


Comments