बाताबरण संरक्षण सरसफाई अभियान सम्पन्न


चैत ५, २०७८, शनिबार | दिउँसो ०३:०२ बजे | 35


बाताबरण संरक्षण सरसफाई अभियान सम्पन्न

जुगल गाउँपालिका वार्ड नम्बर ६ सबिक ५ बिसिखर पाटी चौर चन्डेस्वोरी स्वस्थ आमा समुहको अध्यक्ष केशमाया तामाङको अध्यक्षतामा कोषाध्यक्ष अनिता तामाङ्कको पहलमा सामुदायिक बन उपभोक्ता महासङ नेपाल सुनकोशी गाउँपालिका महासङको सकृयतामा जुगल गाउँपालिका वार्ड नम्बर ६ बिसिखर पार्टी चौरमा बाताबरण संरक्षण सरसफाई अभियान सम्पन्न भएको छ । बाताबरण संरक्षण गर्न गाउगाउ टोलटोल बस्ती बस्तीमा आमा समूह महिला सन्जाल क्लबहरु सामुदायिक बन समुहहरु बुद्धिजिबीहरु सरोकारवालाहरुको उपस्थिति र पहलमा गाउँ बस्ती टोलहरुमा जनचेतनामुलक प्लेकार्ड नारासहित याली र सरसफाइ अभियान तिब्र रुपमा अघिबढी रहेको छ। खोलाखाल्सीहरु सफा राखौ खानेपानीको मुहान सफा राखौ घरआगन सडक सफा राखौं बाताबरण स्वच्छ र सफा राखौं बन बाताबरणको संरक्षण गरौं बनमा डडेलो लाग्नबाट बचाउ प्लाष्टिक जन्य फोहोरहरु जथाभावी रुपमा नफ्यकौ आफ्नु घरबाट निस्कने फोहोरको आफै बेबस्थापन गरौं भन्ने नारासहित यो अभियान बस्ती बस्तीमा सुरु भएको छ । यसरी नै सबै जनमानसमा सचेतना भए स्वच्छ र सफा जुगल गाउँपालिका नमुना बन्ने छ ।

Comments