ख्वपको वार्षिकोत्सवको अवसरमा खेलकुद प्रतियोगिता सुरु
चैत ४, २०७८, शुक्रबार | दिउँसो ०१:२९ बजे | 15
भक्तपुर । ख्वप सर्कलको वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि विभिन्न खेलकुद प्रतियोगिताहरु सुरु भएका छन् । ख्वप माविको २२ औं, ख्वप कलेजको २० औं र शारदा क्याम्पसको ३१ औं वार्षिकोत्सवको अवसरमा चार वटा खेलहरु सुरु भएका हुन् । दौड, टेवलटेनिस, चेस र भलिवल प्रतियोगिताहरु सुरु भएका हुन् । प्रतियोगितामा कलेजका विभिन्न संकाय र तहका विद्यार्थीहरु प्रतिस्पर्धामा छन् । प्रतियोगिताका विजयीहरुलाई चैत ११ गते हुने वार्षिकोत्सव कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।