स्टन्ट शो सहितको होलीमा रमाए भक्तपुरे
चैत ३, २०७८, बिहीबार | विहान ०९:५९ बजे | 30
भक्तपुर – मोटरसाइकल उडाउने साहसिक खेलसहितको होलीमा बिहीबार भक्तपुरेहरु रमाएका छन् । जिल्लाको सल्लाघारीमा बिहीबार होली फ्री स्टाइल स्टन्ट एण्ड डिजे शो इभेन्ट्समा सहभागी भक्तपुरेहरु कार्यक्रममा रमाएका हुन् ।
[[img2]]
हिडन एक्सन स्टन्ट एकेडमीको आयोजनामा एकेडमीकै हल सल्लाघारी भक्तपुरमा कार्यक्रम भएको थियो । प्रोफेशनल स्टन्ट शो, स्लो रेस, टग अफ वार, टायर लिफ्टिंग, डिजे कुन्सागसँंग डिजे पार्टीलगायतमा सहभागी युवाहरु रमाएका थिए ।
[[img3]]
नेपाल इको प्यानललगायतका सहयोगमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सहभागी नेपाल इको प्यानका प्रमुख कार्यकारी निर्देशक इन्जिनियर कृष्णभक्त दुवालले सहभागी सयौं युवाहरु कार्यक्रममा रमाएको जनाए । होलीसंँगै युवाहरुको आकर्षणको प्रोफेशनल स्टन्ट शो हेर्न पाउँंदा युवायुवतीहरु अत्यन्त रमाए, इन्जिनियर दुवालले भने, युवायुवतीहरुले होलीका साथसाथमा कार्यक्रममा रमाए ।
फाेटाेमा हेर्नुहाेस्...