सपनीमा आउँछ्यौ तिमी तीन घण्टामै तयार


चैत ३, २०७८, बिहीबार | विहान ०३:०८ बजे | 30


सपनीमा आउँछ्यौ तिमी तीन घण्टामै तयार

काठमाडौं ः कीर्तिमानी गीतकार एवं साहित्यकार डा. डी. आर. उपाध्यायको शब्द रचनामा रहेको गीत ‘सपनीमा आउँछ्यौ तिमी’ को तीन घण्टामै तयार भएको भिडियो रिलिज भएको छ ।  भिडियो ३ घण्टाभित्र छायाङ्कन र सम्पादन गरी युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
उक्त भिडिओको शंखमूल र कुपण्डोलको बीचमा रहेको यू एन पार्कमा छायाङ्कन भएको थियो । यसअघि विश्वमै ३ घण्टाभित्र म्युजिक भिडियो छायाङ्कन र सम्पादन भई रिलिज नभएका उपाध्यायले बताएका छन् ।
संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा स्वरमा रहेको उक्त गीतको संगीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् । भिडियोमा माइकल चन्दको निर्देशन, उत्सव दाहालको सिनेम्याटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ भने रमेश चन्द सोडारी र स्मृति श्रेष्ठले अभिनय गरेका छन् ।
भिडियोको छायाङ्कन अपरान्ह ४ ः२१ मा सुरु भएको थियो भने साँझ ७ ः२० बजे युट्युबमा अपलोड गरिएको छ ।
कीर्तिमानी डा. उपाध्यायले यही चैत महिनामा १ सय ३ विश्व रेकर्ड कायम गर्ने जनाइएको छ ।

Comments