छुमा गणेशको अर्धवार्षिक गौरती भिमसेनमा सम्पम्म
चैत २, २०७८, बुधबार | विहान ०३:२७ बजे | 30
भक्तपुर । भक्तपुरको तुछिमलास्थित श्री छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शनिबार सिन्धुपाल्चोक चौतारा गौरती भिमसेनको प्रागणमा कार्यक्रम गरी सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल क्रान्तिकारी किसान संघ केन्द्रीय उपाध्यक्ष तथा श्री छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार गोविन्द दुवालले समाजलाई परिवर्तन गर्न सहकारीहरुले भुमिका खेल्नुपर्ने जानकारी गराए । उनले सरकारले देशमा ८५ प्रतिशत किसानहरुलाई ध्यान नदिएकै कारण आज खाद्यान्न महंगीले आकास छोरेको बताए ।
[[img2]]
कार्यक्रममा संस्थाका सचिब जुजुभाई अवालले संस्थाको ६ मिहना भित्र भएका प्रगति विवरण सदस्य माझ प्रस्तुत गरेका थिए ।त्यस्तै संस्थाका कोषाध्यक्ष कृष्णसुन्दर अवालले पुषमसान्त सम्मको आर्थिक विवरण पेश गरेका थिए । संस्थाका संचालक सदस्य तथा उपसमििितका संयोजक बाट आ आफ्नो समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो ।
[[img3]]
छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिद्धिराम अवालले भने संचालकहरु संस्थाका सदस्यहरुको नोकर हो मालिक होइन । अवालले संस्थाको विकासका लागि गर्नुपर्ने सल्लाह सुझाव दिन अनुरोध गरेको थियो। कार्यक्रममा उपाध्यक्ष भुपेन्द्रप्रसाद नेपाली, कार्यलय सहायक विनु अवाल र अन्य सहरकारीका सदस्यहरुको उपस्थिति रहेको थियो ।फाेटाेमा हेर्नुहाेस्...