भक्तपुरमा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता हुने


फाल्गुन ३०, २०७८, सोमबार | विहान ११:३८ बजे | 0


भक्तपुरमा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता हुने

भक्तपुर । भक्तपुरको लिलालीमा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ । भक्तपुर जिल्ला व्याडमिन्टन संघको आयोजना र नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा प्रतियोगता हुन लागेको हो । प्रतियोगिता चैत ९ गतेदेखि १२ गतेसम्म हुनेछ ।
संघले सोमबार भक्तपुरको घ्याम्पेडाँंडामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्र प्रजापतिले प्रतियोगितामा दुई सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने जनाए । देशभरका ७७ वटै जिल्ला र ७ वटै प्रदेशबाट सहभागिता रहने उनले जनाए । प्रतियोगिता नेपाल ब्याडमिन्टन संघ र ब्याडमिन्टन वल्र्ड फेडेरेशन नियम अनुसार सञ्चालन हुने उनले जनाए ।
प्रतियोगितामा निम्न ६ वटा विधाहरु समेटिएको जनाइएको छ ।  पन्ध्र वर्ष मुनि (पुरुष),  पन्ध्र वर्ष मुनि (महिला), पुरुष एकल, महिला एकल, भेट्रान डबल (४५ बर्ष माथि) र  पुरुष डबल हुने सम्मेलनमा जनाइयो । ती इभेन्ट्सहरुमा सहभागी हुनका लागि पन्ध्र वर्ष मुनि (पुरुष÷महिला), पुरुष एकल,  महिला एकलका लागि दर्ता शुल्क रु एक हजार भेट्रान डबल र पुरुष डबलका लागि दर्ता शुल्क रु. एक हजार पाँंच सय निर्धारण गरिएको सम्मेलनमा जनाइयो ।
प्रतियोगिामा उत्कृष्ट भएका प्रथम÷द्वितीय÷तृतीय भएका खेलाडीहरुको लागि नगद पुरस्कारसहित विधागत रुपमा मेडल, शिल्डको बन्दोबस्त गरिएको सम्मेलनमा जनाइयो  । यस अन्तर्गत पन्ध्र वर्षमुनि (पुरुष) प्रथमलाई १५ हजार, द्धितीयलाई १० हजार तृतीयलाई सात हजार पाँंच सय नगद पुरस्कार वितरण गरिनेछ । यस्तै पन्ध्र वर्ष मुनि  (महिला) प्रथमलाई १५ हजार, तृतीयलाई सात हजार पाँंच सय नगद पुरस्कार वितरण गरिनेछ । यस्तै पन्ध्र वर्ष मुनि (महिला) प्रथमलाई १५ हजार, दोश्रोलाई १० हजार र तृतीयलाई सात हजार पाँंच सय नगद पुरस्कार प्रदान गरिनेछ । यसरी नै पुरुष एकलमा प्रथमलाई ३५ हजार, द्धितीयलाई २० हजार र तृतीयलाई १२ हजार पाँंच सय नगद पुरस्का दिइनेछ । साथै महिला एकलमा प्रथमलाई ३५ हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई १२ हजार पाँंच सय नगद दिइनेछ । भेट्रान डबलमा प्रथमलाई ३० हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई सात हजार पाँंच सय रुैपैयाँ नगद दिने जनाइयो । साथसाथै पुरुष डवलमा प्रथमलाई नगद ३० हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई सात हजार पाँंच सय दिने बताइयो ।
प्रतियोगिता अवधिभर कुल १६ लाख ८६ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरेको जनाइयो । खेललाई सफल बनाउन विभिन्न समिति, उपसमिति गठन गरिएकोसमेत सम्मेलनमा जनाइयो । प्रतियोगिता संयोजकमा नवीन प्रजापति, अतिथि सत्कार व्यवस्थापनमा सुरेन्द्र प्रजापति, पुरस्कार व्यवस्थापनमा सबिन ढुङ्गेल, प्राविधिक व्यवस्थापनमा चन्दन कोजू, खेल स्थल व्यवस्थापनमा गणेश राम मुस्याख्व र स्वयम सेवक व्यवस्थापनमा राध्येश्याम मचामसी रहेको जनाइयो ।
सम्मेलनमा नेपाल व्याडमिन्टन संघका केन्द्रिय अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगिताका लागि आफूहरुले प्राविधिक, आवश्यक सामानहरु दिएर सहयोग गर्ने बचन दिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने, खेल तथा प्रतियोगितामार्फत् आपसी सम्बन्ध र भाइचारा विकास गर्न, खेलाडीहरुलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ राख्न, खेलाडीहरुलाई विभिन्नखाले कूलत तथा दूव्र्यसनबाट टाढा राख्न, कोभिड प्रभावित भएको पर्यटकीय क्षेत्रलाई आन्तरिक तथा बाह्य आन्तरिक पर्यटनलाई बढावा दिने, ब्याडमिन्टन खेलप्रति नयाँ पुस्ताको आर्कषण बढाउन र भक्तपुर जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको जनाइयो । जिल्लाले यसअघि जिल्लास्तरमा मात्रै प्रतियोगिता गरेको थियो ।

Comments