नेपाली कांग्रेसको घरघर जाऔं, कांग्रेस जिताऔं अभियानका शुरु


फाल्गुन २९, २०७८, आइतबार | दिउँसो ०१:५९ बजे | 35


नेपाली कांग्रेसको घरघर जाऔं, कांग्रेस जिताऔं अभियानका शुरु

भक्तपुर । नेपाली कांग्रेसको घरघर जाऔं, कांग्रेस जिताऔं अभियानको आज उद्घटन गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदश्य जीतजंङ्ग बस्नेतले उद्घाटन गर्दै बिभिन्न समयमा देश संकटमा पर्दा नेपाली कांग्रेसले नै बचाउनु पर्ने ईतिहास भएको बताउँदै नेपालका कम्युनिष्टहरु जनतालाई झुक्याउन सिपालु भएको बताउँनु भयो । केपी ओलीले टेवल नगरी थन्क्याएर राखेको एमसीसी प्रोजेक्ट नेपाली कांग्रेसले संसदबाट पास गरेको बताउँदै एमसीसी पास नभएको भए अमेरिकाबाट आउने अरु सहयोगहरु केहि पनि नआउने बताउनु भयो । एमसीसी प्रोजेक्ट ट्रन्सिमिसन लाईन र सडक बनाउने र देशका युवाहरुलाई स्वरोजगार बनाउने बताउँनु भयो । एमसीसी पास भए अमेरिकन आर्मी आउँन्छ भनेर जनतामा भ्रम फैलाएको बताउँदै कम्युनिष्टहरु जहिले पनि प्रजातन्त्र विरोधी भएको बताउँनु भयो । त्यसैले अव जनतालाई एमसीसीका बारेमा यो देशको हितमा छ भनेर राम्रोसँग बुझाउनु पर्ने बताउँनु भयो ।
त्यस्तै कार्यक्रमका सभापति तथा नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले नेपाली कांग्रेस भक्तपुरमा गुट उपगुट नभएको बताउँनु भयो । यदि कसैलाई त्यस्तो लाग्छ भने आजबाट त्यागेर ब्यक्तिलाई होईन पार्टीलाई जिताउन लाग्न पनि अनुरोध गर्नु भयो । आजबाट शुरु भएको घर घर जाऔं, कांग्रेस जिताऔं अभियानले अव कार्यकर्ताहरु मतदाताको घर घर गई अभियानलाई सफल बनाउन लाग्न पनि अनुरोध गर्नु भयो ।
कार्यक्रममा जिल्लाका पूर्व जिल्ला सभापतिहरु, जिल्ला सभापतिका प्रत्यासी अष्ट कवे लगायतका वक्ताहरुले यो अभियानलाई कांग्रेस जिताउने अभियानको रुपमा अगाडी बढाउनु पर्ने बताउँनु भएको थियो । यो अभियान फागुण २९ गते देखि चैत्र २९ गते सम्म रहने छ ।

Comments