यी हुन् सुडालबाट नेपाली कांग्रेस प्रवेश गरेका ४५ जना
फाल्गुन २९, २०७८, आइतबार | विहान ०४:१९ बजे | 40
चाँगुनारायण नगरपालिका वडा नंं.८ मा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा ४५ जना भन्दा बढी प्रवेश गर्नुभएको छ । साविक सुडाल गा.वि.स. वडा नंं. ८ मा नेपाली कांग्रेसको टोल समिति अधिवेशन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४५ जना भन्दा बढी नेपाली कांग्रेस प्रवेश गर्नुभएको हो ।
नवप्रवेशीहरुलाई नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा र बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले टिका लगाई खाँदासहित सदस्यता प्रदान गर्नुभएको थियो । प्रवेश गर्नेहरुमाआर्यन नेपाल, रुद्र गिरी, रुपेश गिरी, कुवेर काफ्ले, शसिद सुनुवार, सविन सुनुवार, गमला पुरी, मदन पुरी, प्रतिक्षा पुरीलगायत ४७ जना रहेका छन् ।
टोल समिति अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेस भक्तपुर जिल्ला जिल्ला सभापति दुर्लभ थापाले आउँदौ बैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा पार्टीलाई विजय गराउन सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । जिल्लाभर भइरहेको टोल समिति अधिवेशन उत्साहजनक रुपमा अगाडि बढिरहेको र अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढेकोले भक्तपुरमा नेपाली कांग्रेसको संगठन बलियो बन्दै गएको सभापति थापाले बताउनुभयो ।
बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले चुनावमाआफूले उठाएका विषयहरु सम्बोधनका लागि अग्रसर रहेको बताउँनुहुँदै कांगेस्रले जे बोल्छ, त्यो गर्छका ेनीति लिएको उल्लेख गर्नुभयो । देशलाई अप्ठेरो परेको अवस्थामा निकास दिने पार्टी नेपाली कांग्रेस भएकोले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं.१ का क्षेत्रीय सभापति जीवन खत्रीले आग्रह गर्नुभयो ।
साविक सुडाल वडा नं. ८ बाट नेपालीकांग्रेसको २०४९ को वडाअध्यक्षका उम्मेदवार भरथ प्रसाद नेपालको अध्यक्षतामाआयोजित टोल समितिअधिवेशनले रेणुका नेपालको सभापतित्वमा२७ सदस्यीयकार्यसमितिनिर्विरोध चयन गरेको छ । साविक सुडाल गा.वि.स.को ४ नं. वडा वाहेक अन्य वडाहरुमा सर्वसहमत रुपमा टोल समिति गठन सम्पन्नभएको चाँगुनारायण नगरपालिका वडा नं. ८ का सभापतितिर्थराज घोरसाइनेले बताउनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ८ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जनक खत्रीले सञ्चालन गरको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सहसचिव यादव अधिकारी, सदस्य कल्पना लामिछाने, महासमिति सदस्यहरु हरिप्रसाद नेपाल, राजाराम खडका, महाधिवेशन प्रतिनिधि रविता कार्की, बागमती प्रदेश सदस्य गणेश फूयाँल, प्रदेश महाधिवेशन प्रतिनिधि संगीता दुलाल, नेपाली कांग्रेस प्रदेश (क) सचिव रोशन तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।