समदर्शीमा डल्लो साबुन बनाउने तालिम दिइयो


फाल्गुन २८, २०७८, शनिबार | साँझ ०४:०१ बजे | 65


समदर्शीमा डल्लो साबुन बनाउने तालिम दिइयो

भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को महिला उपसमितिको आयोजनामा एक दिने डल्लो साबुन बनाउने तालिम संस्थाको भवन महेश्वरीस्थानमा सम्पन्न भयो ।
महिला उप समिति संयोजक लक्ष्मीकेशरी सुजखुको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष एवम् प्रबन्ध निर्देशक हरिराम लवजूले अहिले स्थितिमा थुप्रै सहकारीको नाममा सञ्चालकहरुले बढी ब्याज दिएर सोझो मान्छेको पैसा संकलन गरि संस्था फरार हुने समस्या देखिएकोले त्यस्ता संस्थाको विश्वास नगर्न अनुरोध गर्नुभयो संस्थाले आफ्ना सदस्यलाई परेका हरेक समस्याको समाधान गर्ने प्रयत्न गरेको छ । आर्थिक, कानुनी, शैक्षिक वा स्वास्थ समस्याको लागि सक्दो सहयोग संस्थाले गर्दै आएको बताउनुभयो । संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले महिला सशक्तिकरण कार्यक्रम अन्र्तगत आजको कार्यक्रम आयोजना भएको बताउनुभयो । साथै तालिमबाट सिकेका कुरालाई ब्यवसायिक रुपमा अगाडी बढाउन अग्रिम शुभकामना ब्यक्त गर्नुभयो । त्यस्तै संस्थाका सचिब बिश्बबहादुर दुवालले समुहमा मिलेर ब्यवसायिक तरिकाले अगाडी बढेर आफ्नो सिपको सदुपयोग गर्नेमा विश्वस्त भएको बताउनुभयो ।
महिला तथा बालबालिका उपसमिति सदस्य तथा प्रशिक्षक तुमला कोजू, महिला तथा बालबालिका उपसमिति सदस्य लक्ष्मीशोभा दुवाल तालिममा सहभागीको तर्फबाट रसना खाईजू र मन्जु बासुकलाले बोल्नुभएको कार्यक्रममा  कर्मचारी शर्मिला दुवालले सञ्चालन गर्नुभएको  थियो । तालिममा जम्मा २५ जना सदस्यको सहभागिता रहेको थियो । सहभागि सलस्यलाई समापन कार्यक्रमा प्रमाणपत्र वितरण गरिएको थियो ।

Comments