प्रधानाध्यापक घोसहितलाई गरियो सम्मान


फाल्गुन २८, २०७८, शनिबार | दिउँसो १२:४५ बजे | 40


प्रधानाध्यापक घोसहितलाई गरियो सम्मान

काठमाडौं । शब्दयात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्द्रले एक समारोहकाबीच कवि तथा आदर्श मावि लाय्कु ठिमी भक्तपुरका प्रधानाध्यापक बुद्धिकुमार घोलगायतका शिक्षकलाई सम्मान अर्पण ग¥यो । शब्दयात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्द्रबाट प्रकाशित गरिएको ‘शब्दचित्रमा हामी’ संयुक्त कवितासङ्ग्रह, कवि बुद्धिकुमार घो ‘बिगुल’ द्वारा लिखित ‘देश दुखेको बेला’ कवितासङ्ग्रह तथा वरिष्ठ कवि भक्तबहादुर नेपालीले लेख्नुभएको ‘सुन्तली’खण्डकाव्य २०७८ पुस ३ गते मध्यपुर थिमि नगारपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा सार्वजनिकीकरण गरिएको थियो । उक्त कार्यक्रमलाई सम्पन्न गर्न कवि तथा प्रअ बुद्धिकुमार घो बिगुलले व्यवस्थापन र संयोजन गर्नुभएको थियो । उहाँको यस स्त्कार्यको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सम्मानपत्र प्रदान गरिएको तथा सो सार्वजनिकीकरण कार्यक्रममा स्वयम्सेवको रूपमा कार्य गरी सहया्ेग पु¥याउने आदर्श माविमा कार्यरत स्वास्थ्य परिचारिका ममता अवाल तथा शिक्षक त्रय सङ्गीता श्रेष्ठ, श्यामसुन्दरी श्रेष्ठ तथा चनकेशरी श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको कार्यक्रम संयोजक जीवनाथ अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमको सभापतित्व विद्यालयका सहायक प्रधानाध्यापक हरिबहादुर श्रेष्ठले तथा सञ्चालन जीवनाथ अधिकारीले गर्नुभएको उक्त सम्मान अर्पण कार्यक्रममा डिल्लीराम गौतमले स्वागत मन्तव्यका साथ खादा लगाइदिनुभएको थियो भने डा इन्दुल केसीले सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा पदम दाहालले सम्मानपत्र वाचन गरेर सुनाउनुभयो भने सुनिल सापकोटाले कार्यक्रमको परिचय गराउनुभएको थियो । प्रजापति तिमल्सिनाले गीत सुनाउनुभयो भने डा इन्दुल केसीले धन्यवाद ज्ञापन गर्नुभयो भने सम्मानितहरूका तर्फबाट प्रअ तथा कवि बुद्धिकुमार घो बिगुलले यस सम्मान कार्यक्रमबाट सत्कर्म गर्न आफू उत्प्ेरित भएको विचार व्यक्त गर्नुभयो । सभापतिका आसनबाट सप्रह हरिबहादुर श्रेष्ठले यस्ता उदाहरणीय कार्यले समाजलाई उन्नतशील बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

Comments