ओली नक्कली कम्युनिष्ट ः खनाल
फाल्गुन २८, २०७८, शनिबार | दिउँसो १२:३४ बजे | 30
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन् । कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्टहरुलाई जनताले पर्दाफास गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
पार्टी भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेता खनालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीजस्ता देशमां धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको बताए । ओली जस्ता कम्युनिष्टको खोल ओढेर बसेकालाई जनताले अव चिन्नुपर्छ, उनले भने, यस्ता नेता र पार्टीलाई बैशाख ३० गते हुने निर्वाचनमा सजायँ. दिनुपर्छ । उनले यस्ता नक्कली कम्युनिष्टले दलाल पुँंजीपति वर्गको सेवा गर्ने बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका ६९ जनालाई ओलीले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष प्रविण बाटी, जिल्ला अध्यक्ष श्याम वस्नेत, ओमचरण अमात्य, डा राजेन्द्र कोजूलगायतले कम्युनिष्ट आन्दोलनलाई अगाडि वढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा भक्तपुरका चार वटा नगरपालिकाहरुका कुल ३८ वटा वडाहरुमध्ये सात वटामा बाहेक सवै वडामा वडास्तरीय पार्टी संगठन बनिसकेको बताइयो ।