प्रस्ताव लेखन कार्यशाला गोष्ठी सम्पन्न
फाल्गुन २७, २०७८, शुक्रबार | दिउँसो ०३:१२ बजे | 25
शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रको आयोजनामा प्रस्ताव लेखन सम्बन्धी एकदिने कार्यशाला गोष्ठी २०७८ फागुन २७ गते सञ्चालन गरियो । कुनै पनि कार्यक्रम सम्पन्न गर्नका लागि आवश्यक पर्ने प्रस्ताव लेखन (एचयउकब िध्चष्तष्लन) कसरी तयार गर्ने भन्ने बारेमा डा इन्दुल केसीले सहजीकरण गर्नुभएको उक्त कार्यशालामा जीवनाथ अधिकारी, पदम दाहाल, सुनिल सापकोटा, प्रजापति तिमल्सिना, डिल्लीराम गौतम, आदर्श मावि, ठिमीका प्रअ बुद्धिकुमार घो, सप्रअ हरिबहादुर श्रेष्ठलगायतको सहभागिता रहेको थियो । उक्त कार्यशाला गोष्ठी अत्यन्त उपयोगी रहेको तर समय छोटो भएका कारण प्रशस्त अभ्यास गर्न नसकिएकाले अर्को कार्यक्रम पनि आयोजना हुनुपर्ने सहभागीको चाहनाअनुरूप निकट भविष्यमा पुनः अर्को कार्यशाला आयोजना गरिने कार्यक्रम संयोजक जीवनाथ अधिकारीले जानकारी गराउनुभयो । कार्यक्रमको आयोजना आदर्श माध्यमिक विद्यालय, लाय्कु, ठिमी, भक्तपुरमा गरिएको थियो ।