प्रगतिशील लेखक संघ नेपाल भक्तपुरमा गणेश


फाल्गुन २७, २०७८, शुक्रबार | दिउँसो ०१:३९ बजे | 105


प्रगतिशील लेखक संघ नेपाल भक्तपुरमा गणेश

बाबुकाजी श्रेष्ठ
भक्तपुर, –प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा भक्तपुरको पाचौं सम्मेलन भक्तपुर बहुमुखी क्याम्पसमा सम्पन्न गरेको छ ।
संघका अध्यक्ष डिपि ढकालको सभापतित्वमा भएको उक्त सम्मेलनको प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष जिवेन्द्रदेव गिरीले दीप प्रज्वलित गरी उद्घाटन गर्नुभयो । उहाले सम्मेलनलाई उद्घाटन गर्दै विषम परिस्थितिमा पनि संघ क्रियाशील रहेको, कोभिडको कारणले कार्यक्रमगर्नमा असजिलोपन भएको बताउनुभयो । संघले समाजलाई रुपान्तरण गर्नका निमित्ति कलम चलाई आएको भविष्यमा पनि चलाउनुपर्नेमा जोड दिनुभयो ।
संघका सचिव चुडामणि पौडेलले कार्यक्रम संचालनगर्नु भएको उक्त कार्यक्रममा प्रगतिशील लेखक संघमा रही लामो समयसम्म योगदान दिनुहुने भक्तपुरका प्रगतिशील लेखकहरु त्रिरत्न शाक्य, कृष्णमोहन जोशी, सत्यलाल मुल, जीवनाथ अधिकारी र मनोहर लामिछानेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्ति त्रिरत्न शाक्य, निर्मलकुमार भट्टराई, मातृका पोखरेललगायतका वक्ताहरुले प्रगतिशील लेखककोवारेमा चर्चा गर्दै शुभकामना मन्तव्य दिनुभयो ।
उद्घाटनपश्चात प्रगतिशील लेखक संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा निर्वाचन कमिटीबाट अध्यक्षमा गणेश घिमिरे, उपाध्यक्ष रामशरण दाहाल, सचिव बाबुकाजी श्रेष्ठ, सहसचिव जयन्ता पोखरेल, कोषाध्यक्ष छन्दविज्ञान निरौला सर्वसम्मत निर्वाचित भएको छन् भन्ने कार्यसमिति सदस्यहरुमा राजकुमार लामिछाने, शुशिला ढकाल, बुद्धिकुमार घो श्रेष्ठ, कमल मिश्र, नारायण राजथला, माया ढोङ, राजेश्वरी शिल्पकार, प्रदिपजामनः श्रेष्ठ, युवराज ढकाल, लक्ष्मी थापा र ईश्वरीप्रसाद शर्मा निर्वाचित भएका छन् । निर्वाचनपछि केन्द्रीय अध्यक्ष जिवेन्द्रदेव गिरीले सपथग्रहण गराएका थिए ।



Comments