ख्वप कलेजको वार्षिक उत्सवको अवसरमा खेलकुद प्रतयोगिता हुने


फाल्गुन २७, २०७८, शुक्रबार | विहान ०५:२२ बजे | 5


ख्वप कलेजको वार्षिक उत्सवको अवसरमा खेलकुद प्रतयोगिता हुने

कबिन श्रेष्ठ,
भक्तपुर । चैत्र ४ र ५ गते ख्वप माध्यमिक विद्यालयको २२ औँ ख्वप कलेजको २० औँ र शारदा क्याम्पसको ३१ औँ वार्षिक उत्सव कार्यक्रमको अवसरमा खेलकुद प्रतियगिता हुने भएको छ ।
जनाइए अनुसार प्रतियोगिता सहाभागी हुन इच्छुक विद्यार्थीहरुले चैत्र १ गतेभित्र फाराम भरी बुजाईसक्नु पर्ने छ भने फाराम शुल्क रु ५ लाग्ने छ । प्राप्त विवरण अनुसार खेलकुद प्रतियोगितामा तीन हजार मीटर दौड छात्र, र एक हजार मिटर दौड छात्रा, टेवलटेनिस, चेस तथा सटपुट आदि हुनेछन्।
ख्वप कलेजका मानविकी संकाय वीए वीएडव्लू तथा एमए अंग्रेजीका इन्चार्ज कामिनिका न्याईचाईका अनुसार वार्षिक उत्सव विगत २० वर्षदेखि गर्दै आएका छन् । उनका अनुसार खेल सञ्चालनका लागि संय जना सम्मिलित समिति गठन गरिएको छ भने राष्ट्रिय रेफ्री पनि बोलाइएको छ ।
टेबल टेनिस, चेस, शोटपुट,कलेज प्रंगणमै हुनेछ भने दौड खेल चाहि ंकलेजबाट हुँदै पकुने पाटी हुँदै कलेजमा सकिने छ । न्याइचाईका बताउँछन्, यो खेल गार्नुको मुल उद्ेश्य खेल र स्वस्थ्यबीचको सकरात्मक सम्बन्ध तथा प्रतिस्पर्धा र सफलताकोबीचको सम्बन्धलाई देखाउनु हो । उनले यस खेलबाट विद्यार्थीहरुले जीवनमा खेलको महत्व बुझेर नियमित अभ्यास गरी स्वास्थ्य र अनुशासित जीवन अँगाल्ने छ भने बताए । खेलमा पहिलो, दोश्रो, तेश्रो हुनेले पदक तथा समान, प्रमाणपत्र प्रदान गरिने छ । सोही दिन समापन पनि गरिने जनाइएको छ ।

Comments

ताजा खबर