एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन अझै जारी (विरोध कार्यक्रमको तालिकासहित)
फाल्गुन २७, २०७८, शुक्रबार | विहान ०३:२५ बजे | 25
भक्तपुर । एमसीसीविरुद्ध सुरुदेखि नै आन्दोलनरत नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आन्दोलनलाई अझै रोकेको छैन । आज (शुक्रबार) जिल्लाको चाँंगुनारायण नगरपालिका खरिपाटीमा प्रदर्शन हुदैछ ।
पार्टीले बिहीबार भक्तपुरको चाँंगुनारायण नगरपालिका सुडाल थाकलमाठमा विरोध प्रदर्शन गरेको थियो । यसअघि बुधबार जिल्लाको सूर्यविनायक चोकमा प्रदर्शन गरेको थियो ।
पार्टी भक्तपुर जिल्ला अध्यक्ष न्हुछेभक्त फोजूका अनुसार शनिबार दुई ठाउँंमा प्रदर्शन हुनेछन् । विहान चाँंगुनारायण नगरपालिकाकै ताथली खर्कपुल र साँंझ दुवाकोटको न्यौपाने गाउँंमा प्रदर्शन हुनेछन् । साथसाथै आइतबार फागुन २९ गते सूर्यविनायक नगरपालिकाको बालकोट चोक र फागुन ३० गते सोमबार कौशलटारमा प्रदर्शन हुनेछ । भक्तपुरका साथै जिल्ला संगठन भएका देशभरका जिल्लाहरुमा प्रदर्शन भइरहेको पार्टीले जनाएको छ । एमसीसी पास अगाडि पनि पार्टीले दैनिक नयाँं वानेश्वरस्थित संसद घेराउका साथ विरोध सभा गर्दै आएको थियो ।