ख्वपका विद्यार्थी रोचक भए नेपाल टपर


फाल्गुन २६, २०७८, बिहीबार | विहान ०४:४९ बजे | 35


ख्वपका विद्यार्थी रोचक भए नेपाल टपर

भक्तपुर । भक्तपुरको ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका विद्यार्थी रोचक श्रेष्ठ नेपाल टपर हुन सफल भएका छन् । विद्यालयका कक्षा ११ र १२ उतीर्ण भई गएका विद्यार्थी श्रेष्ठ चाटर्ड एकाउन्ट (सिए) परीक्षामा नेपाल टपर हुन सफल भएका हुन् ।
ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका भाइस प्रिन्सिपल विष्णुप्रसाद किसीका अनुसार रोचकले विद्यालयमा विज्ञान संकाय पढेका थिए । उनका अनुसार रोचक शैशिक्ष सत्र २०७३।०७४ का व्याच हुन् । रोचक स्कुलका पनि उत्कृष्ट अध्ययन गर्ने विद्यार्थीको रुपमा रहेको उनले सुनाए ।   
भक्तपुर नगरपालिका वडा नं १ का रोचकले सीए क्याप ३ परीक्षाको रिजल्ट आएको सुनाए । उनले सीए क्याप ३ वर्षको परीक्षा स्वअध्ययन गनुपर्ने वर्ष भएको पनि सुनाए ।
रोचक भक्तपुर नगरपालिका वडा नं १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठका सुपुत्र हुन् । सूर्यप्रसाद स्थानीय निकायको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट वडा सदस्यमा उम्मेदबारी दिई विजयी भएका थिए । सूर्यप्रसादका दुई सुपुत्रमध्ये रोचक कान्छो सुपत्र हुन् ।

Comments