वागीश्वरीमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो


फाल्गुन २४, २०७८, मङ्गलबार | विहान ०८:५३ बजे | 30


वागीश्वरीमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

भक्तपुर । नेपाल क्रान्तिकारी शिक्षक संघ र नेपाल प्राध्यापक समाज वागीश्वरी इकाई समितिको संयुक्त आयोजनामा मंगलवार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोज राज गोसाईले पुँजीवादी व्यवस्थामा भन्दा समाजवादी व्यवस्थामा हरेक क्षेत्रमा महिलाको हक अधिकार सुनिश्चित रहेको स्पष्ट पार्नुभयो । हामीले मनाउने हरेक महिला दिवस थिचिएका, पिल्सिएका र दबिएका श्रमिक महिलाको मुक्तिका लागि हुनुपर्ने बताउनुहुँदै उहाँले सामन्तवादी बन्दोवस्तमा महिला उत्पिदनमा परेको र अहिलेको पुँजीवादी बन्दोवस्तमा विकाउको साधनको रुपमा प्रयोग गरिरहेकोप्रति सचेत हुनुपर्ने बताउनुभयो । उहाँले पुँजीवादी संस्कृतिभित्रको विकृति विसंगति विरुद्ध लड्नुपर्ने बताउँदै योग्यता अनुसारको काम र काम अनुसारको ज्याला, उत्पादनका साधनहरु सामाजिकीकरण गरी शिक्षा र स्वास्थ्यमा समान हक अधिकार दिई व्यवहारिक रुपमा प्रयोग भएपछि मात्रै महिला मुक्ति सम्भव हुने स्पष्ट पार्नुभयो । साथै उहाँले हाम्रो नेपाली समाजमा छोरीलाई सम्मान र बुहारीलाई दमन गरिराख्ने अन्धविश्वासी सोचमा परिवर्तन गर्न चेतनाको विकास आवश्यक भएको बताउनुभयो ।

[[img2]]
नेक्राशिसंघका केन्द्रीय अध्यक्ष एवं वागीश्वरी मा.वि.कक्षा ११ र १२ का संयोजक ज्ञानसागर प्रजापतिले नारी स्वतन्त्रभित्र छाडापनलाई मिसाउन नहुने बताउनुहुँदै उहाँले सम्बन्ध विच्छेदको तीव्र वृद्धि भएको तथ्यांकले समाजमा छाडापन र विकृति बढेको संकेत गर्नुभयो । उहाँले विज्ञान र  प्रविधिका कारण गर्भ रहँदै छोरी भए फाल्ने र छोरा भए जन्माउने परिस्थितिले छोरीको जन्मने अधिकारबाट बञ्चित गरेको बताउनुभयो । साथै छोरा जन्मिँदा बाजागाजाका साथ भोजभतेर गर्ने, छोरी जन्मिए चासो नै नदिने हाम्रो सामाजिक परिवेशले चेतनास्तर र शिक्षा नै आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो । एमसीसी सम्झौतामा व्याख्यात्मक टिप्पणी आपैm राष्ट्रघाटी पुष्टि भएको स्पष्ट पार्नुहुँदै उहाँले विश्वका जुनसुकै देशमा अमेरिकी सेनाको प्रवेशले महिला हिंसा बढेको बताउनुभयो । जहाँ विभेद छ, त्यहाँ महिलाले आवाज उठाउनुपर्ने बताउँदै उहाँले पूर्व प्राथमिक तहका महिला शिक्षकहरुमाथि सरकारले अन्याय गरिरहेको औंल्याउनुभयो ।
[[img3]]
नेपाल प्राध्यापक समाजका केन्द्रीय कोषाध्यक्ष सुशिला कर्माचार्यले विश्वको इतिहासमा आन्दोलन नगरी कुनै चिज हात नपरेको स्पष्ट पार्नुभयो । महिला सक्षम र सबल नभएसम्म विकृति विसंगति भइराख्ने भएकाले देशका कुनाकाप्चासम्म महिलालाई जागृत गर्न शिक्षाको आवश्यकता भएको उहाँको ठम्याइ छ । उहाँले हरेक उपलब्धि आन्दोलनकै कारण पाउने चर्चा गर्दै २०४५ सालको भक्तपुर काण्डमा पनि राज्यस्तरबाट रचेको षड्यन्त्रमा नेमकिपाका नेता कार्यकर्तालाई मृत्युदण्डको घोषणा गर्दा महिला आन्दोलनकै कारण रिहा गर्न सफल भएको स्पष्ट पार्नुभयो ।
त्यस्तै नेक्राशिसंघका केन्द्रीय सदस्य पवित्रा शाहीले विश्वका सर्वहारा वर्गका श्रमिक महिला मुक्तिका लागि भएको यस दिवसमा राष्ट्रिय अन्तर्राष्ट्रिय समसामयिक घटनाबारे शिक्षक प्राध्यापक जानकार भइराख्नपर्ने बताउनुभयो । उहाँले शासक दलका नेताहरुकै कारण नेपाललाई युक्रेन बताउने खतरा भएको स्पष्ट पार्दै एमसीसी सम्झौताविरुद्ध एकजूट हुन आह्वान गर्नुभयो । पुँजीपति महिलाले असभ्य तवरबाट यो दिवस मनाइरहँदा हामीले श्रमिक महिला लक्षित विविध कार्यक्रम गरी मनाइरहेको स्मरण गर्दै उहाँले वर्गीय विचारधारा बोकेर कामदार श्रमिक महिलाको हक हितका लागि लड्नुपर्ने बताउनुभयो । नेक्राशिसंघका शोभा लक्ष्मी गोसाईले सभापतित्वमा भएको उक्त कार्यक्रममानेमकिपा काभ्रेका सहसचिव मुना तामाङ्ग, शिक्षकहरु अविना श्रेष्ठ, मैयाकेशरी कोजू, नारांदेवी दुवाल, विश्वेश्वर मानन्धरलगायतले श्रमिक महिला दिवसको सार्थकता औल्याएका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

वागीश्वरीमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

Comments