आज नारी दिवस ः कहिलेदेखि र किन सुरु भयो नारी दिवस ?


फाल्गुन २४, २०७८, मङ्गलबार | विहान ०३:०३ बजे | 30


आज नारी दिवस ः कहिलेदेखि र किन सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय नारी दिवस एक मजदुर आन्दोलनको उपज हो । यसको सुरुवात सन् १९०८ मा भएको थियो । जब १५ हजार भन्दा बढी महिला न्युयोर्क शहरमा जुलुस निकाले आफ्ना काम गर्ने घण्टा कम गर्न माग गर्दै सडकमा ओर्लिएका थिए । उनीहरुले राम्रो पारिश्रमिक दिन र मतदानमा आफ्नो अधिकारको माग गरेका थिए । यसै दिनलाई अमेरिकाको सोशलिष्ट पार्टीले महिला दिवसको घोषणा गरेको थियो । यसको महिलो बर्ष १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विटजरल्याण्डमा महिला दिवस मनाइएको थियो ।
सन् १९१७ मा आन्दोलनका क्रममा रुसमा महिलाहरुले ’ब्रेड एण्ड पिस’ अर्थात खाना र शान्तिको माग गरेको थियो । ८ मार्च नै किन रोजियो भन्ने प्रसंग अझ रोचक रहेको छ ।
महिलाहरुको हड्तालले सम्राट निकोलसले पद नै छोड्नु परेको थियो । त्यसपछि बनेको अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार दियो । त्यति बेला रुसमा जुलियन क्यालेन्डरको प्रयोग हुन्थ्यो । उनीहरुले आन्दोलन शुरुगरेको दिन फेब्रुअरी २३ थियो भने ग्रेगेरियन क्यालेन्डर अनुसार सो दिन मार्च ८ थियो । यसरी सोहि दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालियो ।

Comments