स्थापना दिवसको अवसरमा शुभदीप बचतको रक्तदान सम्पन्न
फाल्गुन २१, २०७८, शनिबार | दिउँसो ०१:१७ बजे | 25
भक्तपुर । भक्तपुर देगईनास्थित शुभदीप बचत तथा ऋण सहकारी संस्थाको चौधौ स्थापना दिवसको अवसरमा शनिवार संस्थाकै प्राङ्गण देगइनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा संस्थाका अध्यक्ष श्याम कृष्ण प्रजापतिले रक्तदान गरी शुभारम्भ गरेको उक्त कार्यक्रममा महिला तीन जना र पुरुष २१ जना गरी जम्मा २४ जनाले रक्तदान गरेको संस्थाले जानकारी दिएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व बोध गरी सामाजिक गतिविधिहरु गर्दै आएको र बचत तथा ऋणसँगै सदस्य लक्षित विविध गतिविधि पनि सञ्चालन गरिरहेको संस्थाले जानकारी दिएको छ ।