भक्तपुर बंशगोपालकी मल्ल राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत
फाल्गुन २१, २०७८, शनिबार | दिउँसो १२:४३ बजे | 5
भक्तपुर । भक्तपुर बंशगोपालकी ८२ वर्षीया कोमलवदन मल्ल राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएकी छिन् । पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले शनिबार एक कार्यक्रमकावीच भक्तपुरमा उनलाई नगदका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरको हो ।
शव्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रद्धारा भक्तपुरके लोकन्थलीमा आयोजित पुरस्कार समर्पण समारोहमा उनलाई पुरस्कृत गरिएको हो । ४२ वर्ष लामो शिक्षण पेशमा आवद्ध भई शिक्षाको विकासमा सहयोग पुयाएको भन्दै उनलाई पुरस्कृत गरिएको हो ।
पुरस्कारको व्यवस्था भ्रष्टाचार विरोधी आन्दोलनका अगुवा भरत जंगमले गरिदिएका हुन् । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुयाएका एकजना भक्तपुरेलाई प्रत्येक वर्ष य पुरस्कारबाट सम्मानित गर्ने जंगमले प्रतिवद्धता जनाए ।
कार्यक्रममा शिक्षाविद् डा सर्वज्ञभक्त मल्ल, शव्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री, विशेष अतिथि सावित्री जंगम थापालगायतले पुरस्कृत मल्ललाई बधाई दिएका थिए । कार्यक्रम डा इन्दुल केसीको सभापतित्वमा सम्पन्न भएको थियो । सभापतिको आसनबाट डा केसीले शव्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रले विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको जनाए । कार्यक्रम जीवनाथ अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रममा पुरस्कृत मल्लकाबारेमा पदम दाहालले जानकारी गराएका थिए । पुरस्कृत मल्ल शिक्षाविद् सर्वज्ञभक्त मल्लका धर्मपत्नी हुन् । कार्यक्रममा सम्मानित प्रा मल्लले सम्मानका लागि धन्यावद दिंदै आगामी दिनमा संस्थालाई आफूले सकेको सहयोग गर्ने वचन दिइन् ।