नेपाल इन्जिनियरिङ कलेजका इन्जिनियर विद्यार्थी दीक्षित


फाल्गुन १८, २०७८, बुधबार | दिउँसो ०१:२८ बजे | 30


नेपाल इन्जिनियरिङ कलेजका इन्जिनियर विद्यार्थी दीक्षित

काठमाडौ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका तीन सय जना विद्यार्थी भव्य समारोहवीच दीक्षित भएका छन् । पोखरा विश्वविद्यालयका डीन प्राडा राजेशकुमार ठगुराठीले १७ औ दीक्षान्त समारोहमा बुधबार उनीहरुलाई दीक्षित गराएका हुन् । कलेजको इन्जिनियरिङतर्फको विभिन्न विषयमा स्नातक र स्नातकोतर तह उतीर्ण दुई सय ९८ विद्यार्थीलाई दीक्षित गरिएको हो ।  स्नातक उतीर्ण दुई सय ३९ र स्नातकोतर उतीर्ण ५९ विद्यार्थीलाई दीक्षित गरिएको हो ।
कोरोना भाइरस कोभिडका कारण विश्वविद्यालयका सवै विद्यार्थी एकैठाउँमा राखेर दीक्षित गर्दा धेरै भीडभाड हुने भएकाले कलेजमै दीक्षान्त समारोह कार्यक्रम गरिएको कार्यक्रममा बताइयो । कलेजमै दीक्षान्त समारोह भएको यो पहिलो पटक भएको बताइएको छ ।
कार्यक्रममा डीन ठकुराठीले बजारमा आवश्यक जनशक्ति पूर्ति गर्ने हिसावले रोजगारमुखी विषयवस्तु राखेर विश्वविद्यालयले अध्ययनअध्यापन गराइरहेको बताए । विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना भएको गुनासोलाई मध्यनजर गरी रोजगारमुखी कार्यक्रम विश्वविद्यालयले राख्दै आएको उनले बताए ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ, भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराई, कलेज व्यवस्थापन समितिका सदस्य एवं भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, व्यवस्थापन समितिका अर्का सदस्य अर्जुन गौतम (पोखरा विश्वविद्यालयकोतर्फबाट), व्यवस्थापन समितिका सदस्यहरु सोम प्रधानलगायतले दीक्षित विद्यार्थीलाई शुभकामना व्यक्त गरेका थिए ।


Comments