नेपाल तामाङ घेदुङको संघिय महाधिवेशन राजधानीमा हुने
फाल्गुन १८, २०७८, बुधबार | विहान ०४:३० बजे | 45
काठमाडौं । नेपाल तामाङ घेदुङको संघिय महाधिवेशन पटक–पटक विभिन्न कारणले स्थगित हुँदै आएको घेदुङको नवौं संघिय महाधिवेशन यही २०७८ फागुन २९,३० र चैत्र १ गते राजधानीको चाबहिल धुम्बाराहीमा रहेको एस.आर.बैङक्वेट काठमाडौंमा हुने भएको छ ।
उक्त महाधिवेशनमा नेपाल तामाङ घेदुङको प्रवास,नेपालमा रहेका विभिन्न तपतहमा आवद्ध प्रतिनिधि,पर्यवेक्षकहरुको सहभागिता रहने घेदुङ सम्बद्ध श्रोतले जनाएका छन् ।