प्रचण्डको डरले एमसीसी पास भएको हो : रोहित


फाल्गुन १७, २०७८, मङ्गलबार | दिउँसो ०१:०१ बजे | 25


प्रचण्डको डरले एमसीसी पास भएको हो : रोहित

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाएका छन् । भक्तपुर नगरपालिकाद्वारा निर्मित न्हुः पुखु (रानीपोखरी)को मंगलबार उद्घाटन गर्दै बिजुक्छेले युद्धको नाममा १७÷१८ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसीसी पास गरेको आरोप लगाए । जनताको इच्छा विपरित संसदले राति बहुमतले एमसीसी पास गर्नु दुःखद भएको उनको भनाइ छ । नेपालका पार्टीहरुले देशको हित विपरित भएको कुरा पास गरेर धोका दिएको पनि उनले बताए ।

Comments