नेमकिपाद्धारा एमसीसी पासको विरोधमा देशभर विरोधसभा


फाल्गुन १६, २०७८, सोमबार | दिउँसो ०१:५१ बजे | 25


नेमकिपाद्धारा एमसीसी पासको विरोधमा देशभर विरोधसभा

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले एमसीसी सम्झौता पास गर्ने सहमति तीन वटा दलहरुवीच पहिला नै भएको दावी गरेका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुने बेलामा नै नेपाली कांग्रेस, नेकपा (एस) वीच एमसीसी सम्झौता पास गर्ने मौखिक सहमति भएको दावी उनले गरेका हुन् ।
पार्टीले सोमबार भक्तपुरको दतात्रयमा गरेको एमसीसी सम्झौतामा शाशक दलहरुबाट भएको देशघातको विरोध सभामा सांसद सुवाललले प्रधानमन्त्री बन्नका लागि शेरबहादुर देउवालाई प्रचण्ड र माधवकुमार नेपालले आग्रह गर्न जाँंदा नै देउवाले म प्रधानमन्त्री भए भने त एमसीसी पास गर्छु नि भनी भनेको दावी गरे । त्यही बेला दुवै नेताले मौखिक सहमति जनाएका थिए, सुवालले दावी गरे, अन्तत यो सही सावित पनि भयो ।
पार्टीले एमसीसी विरुद्धमा प्रकाशित गरी वितरण गर्दै आएको पर्चामा पनि आफूहरुले यही दावी उल्लेख गरेको तर माधवकुमार नेपालले गलत भएको भन्दै आएको सुनाउँंदै उनले आखिरमा यो दावी सत्य सावित भएको बताए ।
सभामा पार्टी केन्द्रिय सदस्य डिल्लीप्रसाद काफ्लेले आफनो पार्टीको सरकार आए अहिलेका सवै दल र तिनका नेताहरुलाई जेलमा कोच्ने बताए । पार्टीकी अर्का केन्द्रिय सदस्य एव वागमति प्रदेशकी सांसद सृजना सैंजूले अव गगन थापाहरु जस्ताको नागरिकता खोस्नुपर्ने बताइन् । जनसभामा सैजूले गगन थापाहरु जस्ता एमसीसीको वकालत गर्नेहरु नेताहरुलाई नेपालमा वस्ने कुनै अधिकार नभएको बताइन् । गगन थापा जस्ता नेताहरुलाई अव नेपालमा वस्ने कुनै अधिकार छैन, उनको आक्रोश थियो, तिनीहरुलाई अव काठमाडौको थानकोटबाट मात्रै होइन, देशबाटै लखेटनुपर्छ ।
पार्टीले एमसीसी पास गरेकोविरुद्ध भक्तपुरसहित बनेपा, कीर्तिपुर, टोखा, बुटवललगायतदेशका विभिन्न जिल्लाहरुमा सोमबार जनसभा गरेको जनाएको छ ।   ं


Comments