‘अव गगन थापाहरुको नागरिकता खोस्नुपर्छ’
फाल्गुन १६, २०७८, सोमबार | दिउँसो १२:३५ बजे | 40
भक्तपुर । नेपाल मजदुर किसान पार्टीकी केन्द्रिय सदस्य एव वागमति प्रदेशकी सांसद सृजना सैंजूले अव गगन थापाहरुको नागरिकता खोस्नुपर्ने बताएकी छिन् । नेपाल मजदुर किसान पार्टीले सोमबार भक्तपुरको दतात्रयमा गरेको एमसीसीमा शाशक दलहरुले गरेको देशघाटी सम्झौताविरुद्धको जनसभामा उनले गगन थापाहरु जस्ता एमसीसीको वकालत गर्नेहरुलाई अव नेपालबाट लखेट्नुपर्ने बताइन् । गगन थापाजस्ता देशघाटी नेताहरुलाई अव नेपालमा वस्नै कुनै अधिकार छैन, उनले आक्रोश पोखिन्, तिनीहरुलाई अव थानकोट मात्रै होइन, देशबाटै लखेटनुपर्छ । पार्टीले एमसीसी पास गरेकोविरुद्ध भक्तपुरसहित देशका विभिन्न जिल्लाहरुमा सोमबार जनसभा गरेको जनाएको छ । ं