नेकमा कांग्रेस कर्मचारी तदर्थ समिति गठन


फाल्गुन १५, २०७८, आइतबार | दिउँसो ०१:२६ बजे | 30


नेकमा कांग्रेस कर्मचारी तदर्थ समिति गठन

भक्तपुर । नेपाल टे«ड युनियन कांग्रेसको केन्द्रियस्तरीय निर्णय अनुसार नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा कर्मचारी तदर्थ समिति गठन गरिएको छ । आइतबार भएको कर्मचारी भेलाले श्रीराम खनालको सभापतित्वमा नौ सदस्यीय समिति गठन गरिएको हो । गठित समितिको उपसभापतिमा विकाश खड्का, सचिवमा जगन्नाथ अर्याल, सहसचिवमा जनक थापा र कोषाध्यक्षमा मुना रिसाल रहेका छन् । सदस्यहरुमा प्रकाश कार्की, प्रमिश घिमिरे, लक्ष्मण वस्नेत र विष्णुबहादुर संग्रौला रहेका छन् । कार्यक्रम नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, पार्टी चाँंगुनारायण नगर सभापति, शिवहरि केसीलगायतको सहभागितामा भएको थियो ।  

Comments