भक्तपुर कप विजयी खेलाडीलाई दिइयो बधाई
फाल्गुन १५, २०७८, आइतबार | विहान ११:३१ बजे | 5
भक्तपुर युवा टिमद्धारा आयोजित भक्तपुर कप फुटबलमा विजयी हुन सफल भक्तपुर फुटबल क्वल (भक्तपुर एफसी) का खेलाडीहरुलाई आइतबार एक कार्यक्रम गरी वधाई ज्ञापन गरिएको छ । भक्तपुर एफसीले नै कार्यक्रम गरी खेलाडीहरुलाई वधाई दिइएको हो । कार्यक्रममा जितिको कप, चेक, प्रमाणपत्रहरु खेलाडीहरुलाई वितरण गरिएको थियो । समाजसेवी श्यामसुन्दर धौभडेलले प्राप्त पुरस्कारहरु वितरण गरेका हुन् । कार्यक्रममा क्लबका संरक्षक साजन प्रजापति, अध्यक्ष राम प्रजापति, टिमका प्रशिक्षक रवि कवांलगायतले बधाई दिएका थिए । भक्तपुर एफसीले भक्तपुर कप फुटबलमा एक लाख १५ हजारको नगदसहितको पहिलो पुस्कारका साथै अन्य चार वटा पुरस्कारहरु पनि पाउन सफल भएको थियो ।