आज भक्तपुर कप फुटबलको फाइनल भीडन्त


फाल्गुन १४, २०७८, शनिबार | विहान ०३:१० बजे | 10


आज भक्तपुर कप फुटबलको फाइनल भीडन्त

भक्तपुर । आज भक्तपुर कप पाउनका लागि भक्तपुरकै दुई वटा टिमवीच प्रतिस्पर्धा हुने भएको छ । कप पाउनका लागि आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुर र भक्तपुर फुटबल क्लव (भक्तपुर एफसी) वीच फाइनल प्रतिस्पर्धा हुने भएको छ । खेल आज दिउँंसो १ बजे स्थानीय महेश्वरी खेल मैदानमा हुनेछ ।
प्रतियोगितमा प्रथम हुन सफल टिमले भक्तपुर कपका साथै एक लाख १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र पाउने छन् । दोश्रो हुने टिमले ५५ हजार नगद प्राप्त गर्ने आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जनाए । विजयी टिमलाई संघीय सांसद प्रेम सुवालबाट पुरस्तकार तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय गरिएको प्रतियोगिता संयोज सञ्जीव कवांले जनाए । प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यका बाहिरका १६ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता फागुन ६ गतेदेखि सुरु भएको थियो ।   


Comments