समाजसेवी ताराबहादुर कुँंवरको सक्रियतामा वितरण गरियो न्यानो कपडा
2022-02-25 11:58:38
काठमाडौं ः काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका १७ वटा सामुदायिक विद्यालयहरुमा न्यानो कपडा सहयोग गरेको छ । हजुरलाई नमस्ते परोपकारी संस्थामार्फत भुम्लुका १७ विद्यालयका १ हजार ७ जनालाई उक्त सामाग्री उपलब्ध गराइएको हो । संस्थाले विद्यालयमा अध्ययनरत विद्यार्थी र सहायक कर्मचारीहरूका लागि स्विटर, ज्याकेट र पाउडर क्रिमलगाएतका सामग्री निःशुल्क उपलब्ध गराइएको छ ।
जनता मावि कोलाँती भुम्लु, अरुणोदय मावि सिम्थली र सेतीदेवी आधारभूत विद्यालय कामिडाँडालगाएतका विद्यार्थीहरूलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । यस अघि पहिलो चरणमा १४ विद्यालयका विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको थियो । हजुरलाई नमस्ते परोपकारी संस्थाका संयोजक ताराबहादुर कुँवरले भुम्लुका विभिन्न विद्यालयहरुमा पटक पटक स्विटर, ज्याकेटलगाएतका सामग्रीहरु वितरण गरिएको बताए ।
अभियानमा गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले स्थानीय सरकारसँगको सहकार्य र समन्वयमा विद्यालयमा उपलब्ध गराएका सामग्रीहरुले विद्यार्थीहरूको शैक्षिक अवस्थालाई सहज पुग्ने बताउनु भयो । जनता माविका अध्यक्ष चन्द्रकुमार लामाले विद्यालयको भौतिक पूर्वाधार सम्पन्न हुँदै गए पनि शिक्षक अभाव तथा अन्य समस्याका कारण बालबालिकाहरूको पठनपाठनमा असहज भएको बताए ।
अभियानमा रोटरी क्लबका कञ्चन शर्मा र निर्मला शर्मा कोइराला, अभियानका सदस्य शेरबहादुर कुँवर, फाल्गुण कुँवर, वडा नम्बर ६ का अध्यक्ष भरतबहादुर शिवभक्त, वडा अध्यक्ष कृष्णकुमार कार्की लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया