भक्तपुर कप फुटबल ः फाइनल खेल शनिबार दिउँंसो १ बजे हुने
फाल्गुन १२, २०७८, बिहीबार | दिउँसो ०१:०० बजे | 10
भक्तपुर । भक्तपुर कप फुटबल प्रतियोगिताको फाइनल खेल प्रतियोगिता आयोजक भक्तपुर युवा टिम र भक्तपुर फुटबल क्लव (भक्तपुर एफसी) वीच शनिबार दिउँंसो १ बजे हुने भएको छ ।
बिहीबारको पहिलो सेमिफाइनल खेलमा केदारनाथ सुटर्सलाई हराउँंदै आयोजक भक्तपुर युवा टिम फाइनलमा प्रवेश गर्न सफल भएको हो । आयोजक भक्तपुर युवा टिम र केदारनाथ सुटर्स दुवैले एकएक गोल गरी खेलको निर्धारित समय बराबरीमा टुंगिएको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा भक्तपुर युवा टिम ५—४ ले विजयी हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा भक्तपुर युवा टिमकोतर्फबाट विकेश लामा र केदारनाथ सुटर्सकोतर्फबाट अव्योमीले एकएक गोल गरेका थिए ।
बिहीबार नै भएको दोश्रो सेमिफाइनल खेलमा भक्तपुर फुटबल क्लव (भक्तपुर एफसी) फराकिलो अन्तरले विजयी भई फाइनलमा सान्दारकासाथ प्रवेश गरेको हो । भक्तपुर एफसीले सोल्टी नेपाललाई ६—० को फराकिलो गोल अन्तरका साथ शानदार जित हात निकालेको हो ।
प्रतियोगिताको फाइनल खेल शनिबार आयोजक भक्तपुर युवा टिम र भक्तपुर एफसीवीच दिउँंसो १ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगितमा प्रथम हुन सफल टिमले भक्तपुर कपका साथै एक लाख १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र पाउने छन् । दोश्रो हुने टिमले ५५ हजार नगद प्राप्त गर्ने आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जनाए । विजयी टिमलाई संघीय सांसद प्रेम सुवालबाट पुरस्तकार तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय गरिएको प्रतियोगिता संयोज सञ्जीव कवांले जनाए । प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यका बाहिरका १६ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता स्थानीय महेश्वरी खेल मैदानमा भइरहेको छ ।