यस्तो रहयो आजको नेमकिपाको एमसीसीविरुद्धको प्रदर्शन
फाल्गुन १२, २०७८, बिहीबार | विहान ११:२४ बजे | 50
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले बिहीबार पनि काठमाडौंको नयाँं वानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन गरेको छ । कोटेश्वरबाट सुरु भएको जुलुश बानेश्वरमा पुगेर विरोध सभामा परिणत भएको थियो । सभामा पार्टी सचिव एवं सांसद प्रेम सुवाल, पार्टी केन्द्रिय सदस्य एवं बागमति प्रदेश सांसद् सृजना सैंजू, पार्टी केन्द्रिय सदस्य रवीन्द्र ज्याख्व, विद्यार्थी नेताहरु प्रकाश गुरुग, सुरेश परियारलगायतले बोलेका थिए ।
तस्वीर क्याप्सन ः विरोध कार्यक्रम सकिएपछि आन्दोलनकारीका कारण फोहोर देखिएको सडक सफा गर्न वढार्दै पार्टी केन्द्रिय सदस्य एवं बागमति प्रदेश सांसद् सृजना सैंजू ।