आज पनि एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन
फाल्गुन १२, २०७८, बिहीबार | विहान ०३:५१ बजे | 60
काठमाडौं । आजको संसदको वैठकमा एमसीसीबारे छलफल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि पेश गर्ने कार्यसूचिमा छ । ससदको आजको कार्यसूचिमा दोश्रो नम्वरमा एमसीसीबारे छलफल कार्यक्रम तय गरिएको छ ।
यसैगरी नेपाल मजदुर किसान पार्टीले एमसीसीविरुद्ध आज पनि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । यसअघि जस्तै विहान साढे ११ बजे कोटेश्वरमा भेला भई वानेश्वरमा पुगेर संसद भवन घेराउ तथा विरोध प्रदर्शन गर्ने पार्टीले जनाएको छ ।