भक्तपुर कप फुटबल ः केदारनाथ र सोल्टी नेपाललाई सफलता
फाल्गुन ११, २०७८, बुधबार | दिउँसो ०२:५२ बजे | 0
भक्तपुर । भक्तपुर युवा टिम भक्तपुरको आयोजनामा भक्तपुरमा फागुन ६ गतेदेखि भइराखेको भक्तपुर कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको क्वाटरफाइनल खेलमा केदारनाथ सुटर्स र सोल्टी नेपाल विजयी भएका छन् । केदारनाथले सिद्धि गणेश खेलकुद समिति भक्तपुरलाई ४—१ गोलको अन्तर र सोल्टी नेपालले नक्साल एफसीलाई ४—२ गोलको अन्तरले विजयी भएको हो । खेल भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा भइराखेको छ ।