५५ अर्बको एमसिसिले बुद्धको गालामा नचड्काऔ


फाल्गुन ११, २०७८, बुधबार | विहान ०८:०३ बजे | 45


५५ अर्बको एमसिसिले बुद्धको गालामा नचड्काऔ

तुल्सीनारायण लाखेमरु
प्रत्येक नेपाल आमाको दुधबाट बाचेको हामी यो धर्तीको सक्षम सन्तान हौ । राम्रो राजनितिले देश खाल्डोबाट जोगिने काम गर्छ । सारा जनताहरुको मुहान फेर्ने काम गराउँछ । आमुल परिवर्तन गर्छन् र राजनेता बन्छन् । राम्रो नियतले बाघ बनाउँछ । त्यस्तै नराम्रो नियतीले गद्धार बनाउछ । दोधारे नितीले मुर्दा बनाउछ र ५५ अर्बको एमसिसिले सैतान बनाउछ । सबैले माया गरेर खाइनखाई दुख कष्ट आफै भोगी सक्षम बनाएको हामीले नै हो र दुईतिहाई बहुमत प्राप्त गरेको हामीले नै हो । अमूल्य जनताको भावनाको माया टोकरीमा नफाल्नुस् र तपाई हामी सबैको सक्ष्म ज्ञान हुन पनि सक्छ नहुन पनि सक्छ । शासक वर्गहरुले नेपालको गरिमामय बन्नु प¥यो । भुलेर पनि गुमाउन भएन । आमाको काख जन्म जन्मौको लाख । आमाको हृदयको एक कोठामा बसेको हामी नेपाली हो । आमाको छातीमा पुजा छ, आरती पनि छ । नेपाल आमाले भन्छ, आमाको अस्तित्व कसैले पनि लुट्न दिदैनौ । असललाई विवेक भनिन्छ । त्यो विवेक २५ वर्ष अगाडि सिदार्थ राजकुमारले सारा राजपात, राजगृह त्याग नगरेको भए आजको नेपाल विश्वले चिन्दैन थियो र कान्ग्रेसहरु त विगतको व्यहारले गद्धार भयो भयो साधारण नेतामा हुनपर्ने गुण पनि छैन । कस्तो काग्रेस ? त्यस्तै एमाले कम्न्यिुष्ट ठुलो पार्टी दोधारे मतिभ्रष्ट नहोस् । २५ वर्ष अघिको सूर्यधन महाराजका छोरा सिदार्थ राजकुमार बन्नुस् । नत्र गनाएको फर्सी जस्तो हुन्छ पक्का । तीन करोड जनतालाई ५५ अर्बको एमसिसि चाहिदैन । नेपाल आमाले मुखमा एक चड्कन हाने पनि दश चड्कन हाने पनि आमा नै हो । आमाको चड्कन श्रद्धायोग्य छ । त्यसमा हजारौँ नुनीलो गुलियो बोकेको छ । आजको शासक वर्गहरुले बुझी लिनुस् । सौतेनी आमाले मुखमा जति चुम्बन गरे पनि वास्तविक रुपमा त्यो चुम्बन राम्रो होइन । त्यो नेपाल खाने चुम्बन हो । त्यो जन्म दाता आमाको स्नेह माया जस्तो होइन । सौतेनी आमाले मुखमा चुम्बन गरेको ३ करोड जनतालाई एकै चिहान बनाएको हो । ५५ अर्बको एमसिसि सौतेनी आमाको दाइजो हो । पत्रकार, व्यत्तित्वहरु, बुद्धिजिविहरु, राष्ट्रप्रेमीको मुटु दुख्छ । परिवर्तनको नाउँमा शोसक सामन्त सिध्याउन नाउँमा १७ हजार जनताले वलिदान दिए । समाजवादको नाउँमा दोधारे नितिले बाँदरको गति भयो । तत्कालिन प्रधानमन्त्री हुने लोभमा पश्चिमबाट सूर्य उदाउने सपना बाधेर महाँकाली सन्धी गरिदिए । त्यस्तै शेरबहादुर देउवाले ३ करोड जनताको खुट्टा भाच्ने काम गरेको पाइयो । शासक वर्गहरुको चरित्र ५५ अर्बको एमसिसिले चरितार्थ गरिदियो । त्यो सौभाग्य होइन दुर्भाग्य हो । त्यस्ले दुर्गामी असर पर्छ । बुद्ध जन्मेको देशमा शान्तिको जन्म भूमि “जहाँ छन् बुद्धका आखाँ, त्यहाँ छन् शान्तिका क्षेत्र” । ५५ अर्बको एमसिसिले कसरी शान्ति हुन्छ ? कुन दफाले क,ख,ग,घ,ङ हामी सबैको शान्ति क्षेत्रका अुनुयायी भएकोले नेपालको संविधानले बुद्धलाई कहिल्यै पनि तल राखेको छैन । त्यसैले बुद्धको शिर माथि ५५ अर्बको एमसिसि माथि राख्न मिल्दैन । संविधानले पनि दिदैन । बुद्धको अनुयायीको नाताले सैनिक, प्रहरी, पुलिस, नारी समाज, तह तप्का सबै नेपाली बुद्धका अनुयायी हुन् र छोरा के हेर्ने छोराको साथी हेर्ने, तेल के हेर्ने तेलको धारा हेर्ने । सोझा हेर्न परे युदिस्थीर हेर्ने, घमण्डी हेरे दुर्याधन हेर्ने, गद्धारहरु हेर्नु परे शेरबहादुर, प्रचण्ड, बावुराम, माधव, के.पी हेर्ने । नेपाल सिध्याउनेमा अगि सर्ने यिनीहरु हुन् । तर कलंक बाहेक अरु हुनै सकिदैन । आजदेखि लेण्डुप दोर्जे नाम राख्दा फरक पर्दैन । झिङ्गा परेको चिया खानु हुदैन ।
सूर्यविनायक न.पा. ८ जगाती सिपाडोल



Comments