जुगल गाउँपालिकामा सरसफाई अभियान तीव्र


फाल्गुन ११, २०७८, बुधबार | विहान ०६:५७ बजे | 35


जुगल गाउँपालिकामा सरसफाई अभियान तीव्र

सिन्धुपाल्चोक । डिभिजन बन कार्यलय सिन्धुपाल्चोक र जुगल गाउँपालिककोको सहयोगमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकामा तीव्र रुपमा सरसफाई अभियान चल्न थालेको  छ । जुगल गाउँंपालिकाको सहयोगमा वार्ड नम्बर ४ कातिके बजार र वार्ड नम्बर ६ चनौटे बजार र डबली बजारमा मंगलबार सामुदायिक बन उपभोक्ता महासघ नेपाल जुगल बन महासघ अध्यक्ष रुद्रप्रसाद अधिकारीको सभपतित्वमा सरसफाइ भएको हो । कार्यक्रममा जुगल गाउँपालिका उपप्रमुख सृजना तामाङको प्रमुख आतिथ्यतामा भएको थियो । सामुदायिक बन उपभोक्ता महासघ नेपाल सिन्धुपाल्चोकको पुर्ब महासचिब राजु श्रेष्ठको विशेष आथितेतामा वार्ड नम्बर ४ को जनप्रतिनिधि देबकीकुमारी श्रेष्ठ, जुगल २ गोल्छेका रीता बिस्वकर्मा बलेफी गाउँपालिका वार्ड नम्बर ८ का जनप्रतिनिधि लक्षमण अधिकारी, शशस्त्र प्रहरी बल लामोसाङुका सबइन्स्पेक्टर सुनिल श्रीबास्तब, प्रहरी चौकी जुगल ४ कात्तिकेको सबइन्सपेक्टर जगतनारायण श्रेष्ठ  ब्रम्हयणी आधारभुत विद्यालय  नि.प्र. टीकाप्रसाद पौडेल, नव ज्योति  आ. वि. को प्रअ सर्मिल श्रेष्ठ, बहुनडिहि सा.व.उ .स को सचिव नारायणदास श्रेष्ठ, नवज्योति आमा समुहको अध्यक्ष मेनुक गुभाजु, जुगल युथ हट क्लबको सचिव गणेश श्रेष्ठ, स्वास्थ स्वयंसेविका कान्छी लामा, रत्न राज्य मा.वि.चनौटेका प्र.अ. टिका पौडेल, चौतारा सङ्गाचोक गडी नगर वन उ. महासंघका अध्यक्ष जनकराज गिरी सह–सचीव ऋषि नेपालहरुको आथितेतामा कार्यक्रम भएको थियो । सा.व.उ. महासंघ नेपाल सुनकोशी गाउपालिका महासंघको आयोजनामा कात्तिके र चनौटेमा स.व.उ. समुह सुरक्षा निकाय विद्यालयको विद्यार्थी भाइबहिनीहरु शिक्षक शिक्षिकाहरु स्थानीय क्लबहरु स्थानीय समुदाय  सरोकारहरुको उपस्थितिमा सरसफाइ जनचेतनामूलक अभियान  सम्पन्न  भएको छ । सो कार्यक्रममा प्रमुख अथिती जुगल गाउँपालिकाको उपप्रमुख सृजना तामाङले बोल्दै अबको दिनमा यो वातावरण संरक्षण  सरसफाइ अभियानलाई  निरंतरता दिन स्थानीय समुदायहरुलाई पÞmोहोर प्लास्टिकजन्य पदार्थहरु जथाभावी रुपमा नफल्न्न   आभाहान गर्नुभयो । स्वच्छ र सफा हराभरा सुन्दर गाउपालिका बनाउन  सफा नदी सफा सडक सफा घर आगन फोहोरमुक्त गाउँपालिका बनाउन सबै सरोकारवाला समुदायहरुको साथ सहयोग भए मात्र स्वच्छ र सफा गाउँपालिका बन्ने कुरा व्यक्त गर्नुभयो भने बिशेश अथिती पुर्व महासचिव रजु श्रेष्ठले हामी सबै मिलेर सफा राखे  मात्र यो वातावरण संरक्षण सरसफाइ अभियान  सफल हुने कुरा बताउनुभयो । अथिती रत्न राज्य मा.वि प्र.अ. टिक पौडेलले सरसफाइ कार्यक्रमलाई निरंतरता दिन यो अभियानलाई पुर्नरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरसफाइ आयोजक अभियानकर्मीहरुलाई धन्यवाद दिनुभयो भने कार्यक्रम आयोजक ढकप्रसाद प्याकुरेलले सन्चालन गर्नुभएको  थियो । शुभकामना मनतव्यको साथै  कार्यक्रमको औचित्यकोबारेमा अभियानकर्मी सारदाप्रसाद चालिसेले प्रष्ट पार्नु भएको थियो । सो कार्यक्रमको  सभापति रुद्रप्रसाद अधिकारीले सरसफाइ अभियानमा सहभागी हुने सबै सरोकारवालाहरु विद्यालयहरु सुरक्षाकर्मीहरु वन समूहहरुलाई धन्यवाद दिदै कार्यक्रम बिसर्जन गर्नु भएको थियो ।

Comments