भक्तपुरको लेखा समितिको प्रतिवेदन पारित
फाल्गुन ९, २०७८, सोमबार | दिउँसो ०१:१२ बजे | 45
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख एवम् एघारौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बस्योे । सोमबार बसेको एघारौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन सर्वसम्मतिले पारित ग¥यो ।
सभामा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले नगरसभाको हिउँदे अधिवेशनले ऐन, नियम, कार्यविधि तथा विधेयक पास गर्ने बताउनुहुँदै बेरुजु फर्छोटको निम्ति भक्तपुर नपा नियमसंगत ढंगले अगाडि बढिरहेको बताउनुभयो । लेखा परीक्षण समयमै नगरिँदा स्थानीय तहहरुको बद्नाम भइरहेको बताउनुहुँदै उहाँले बताउनुभयो ।
लेखा समितिको प्रतिवेदनमाथि भएको छलफलमा भाग लिँदै सभासद्हरु राजेन्द्र माक, शिवप्रसाद बाला र कृष्णगोपाल चौगुठीले प्रतिवेदनमा भएका भाषागत त्रुटी सच्याउनुपर्ने, पेश्की खर्च र बेरुजु समयमै फछ्र्योट गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । छलफलमा उठेका विषयमाथि प्रष्ट पार्नुहुँदै लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाले बेरुजु भएको रकमसम्बन्धमा जानकारी दिनुहुँदै लगत इस्टिमेट भन्दा फरक भएमा प्राविधिकहरुबाट परीक्षण गराउनुपर्ने, पेश्की खर्च समयमै फछ्र्योट गर्नुपर्ने बताउनुभयो ।
सभाको अर्को बैठक २०७८ फागुन १० गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।