भक्तपुर कप फुटबल ः सिद्धि गणेश र नक्साल विजयी
फाल्गुन ९, २०७८, सोमबार | दिउँसो ०१:०२ बजे | 5
भक्तपुर । भक्तपुर युवा टिमको आयोजनामा भक्तपुरमा भइरहेको भक्तपुर कप २०७८ फुटवल प्रतियोगिताको सोमबारको प्रतियोगितामा सिद्धि गणेश खेलकुद समिति र नक्साल फुटबल क्लव विजयी भएका छन् । सिद्धि गणेशले इष्टर्न भक्तपुर साँंगालाई २—० ले पराजित गरी सिद्धि गणेश विजयी भएको हो । यस्तै नक्सा फुटबल क्लवले रेले फुटबल क्लवलाई १—० ले पराजित गरेको हो ।
सोमबारबाट पहिलो चरणका सम्पूर्ण प्रतियोगिताहरु सकिएका छन् । मंगलबारको क्वाटर फाइनलका खेलहरु भक्तपुर युवा टिम र बनेपा व्याइज क्लबवीच हुनेछ । दोश्रो प्रतियोगिता भक्तपुर फुटबल क्लव र छोगर्न फुटबल क्लवबीच हुने छ ।
प्रतियोगिताको फाइनल खेल फागुन १४ गते हुनेछ । प्रतियोगितमा १६ वटा टिम सहभागी थिए ।